काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई दम्पतिलाई कोरोना संक्रमण देखिएको छ।
शनिबार बिहान सामािजक सञ्जालमार्फत डा. भट्टराईले पत्नी हिसिला यमी र आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।
कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ ट्विटरमा उनले लेखेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया