काठमाडौंः राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि काठमाडौं ल्याइएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका –२, जुटपानी घर भएका पासवान आज दिउँसो एक्कासी बेहोस भएपछि केहीबेर अघि उहाँलाई हेलिकप्टरमार्फत् काठमाण्डौं लगिएको सत्तारुढ नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।
हरिवनस्थित स्वाभिमान अस्पतालमा सामान्य उपचारपछि उहाँलाई दिउँसो सवा चार बजे काठमाडौं लगिएको हो ।
पासवानको मस्तिस्कको नसा फुटेको चिकित्सकहरुले आशंका गरेको बताइएको छ ।
सांसद पासवान बिरामी भएको जानकारी पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले हरिवनस्थित अस्पतालमै पुगेर उनलाई भेटेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया