काठमाडौंः काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दशैंमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार-परिवार बीचमा सामान्य जमघटसहित मनाउन आग्रह गरेका छन् ।
दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।
यस्तै कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दसैँ सहितका पर्वलाई विगतका वर्षहरुमा जस्तै खुसियालीका साथ स्वतन्त्र भई उल्लासमय वातावरणमा मनाउने समेत उनले विश्वास ब्यक्त गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया