काठमाण्डौंः रौतहटमा चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुको झडप भएको छ । जिल्लाको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने बिषयमा झडप भएको हो ।
विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोक भनिँदै आएको छ । प्रायः हरेक दसैँमा यस चोकको नामलाई लिएर विवाद सिर्जना हुने गरेको छ । मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएका छन् ।
केही दिन अघि परसवा चोकको बोर्ड भत्काएर मनरहवा चोकको बोर्ड राखिएको थियो । तर, सो बोर्डमा कालो पोतिएपछि विवादले झडपको रुपमा लिएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्याँस पनि प्रहार गर्नुपरेको छ । घटनामा एक दर्जनभन्दा घाइते रहेका छन् । झडपको स्थिति निम्त्याउनुमा वडा नम्बर १ का अध्यक्ष राजकिशोर वण्ठा र ७ का अध्यक्ष मोफिल चौधरी जिम्मेवार रहेको स्थानीयको आरोप छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया