काठमाण्डौंः देशमा दिनप्रतिदिन जाडो बढ्दै गएसंगै जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जुम्लामा हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको बताए । त्यसअघि सम्म सम्म जुम्लाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस थियो ।
उनका अनुसार मुलुकभर नै न्यूनतम तथा अधिकतम तापक्रम घट्दै गएको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दै गरहेको छ । मौसमविद् श्रेष्ठका अनुसार अधिकत २५ डिग्री र न्यूनतम १४ डिग्रीसम्म देखिएको छ ।
एक साताअघि उपत्यकाको अधिकतम २८ थियो भने न्यूनतम १७ डिग्री सेल्सियस थियो । मौसमविद् श्रेष्ठका अनुसार अहिले बिहान पहाडी भेगमा आंशिक बदली छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया