काठमाण्डौंः काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण कम देखिएको छ । दसैंका कारण पिसिआर परीक्षण नभएपछि कोरोना संक्रमितको संख्या घटेको हो । पछिल्लो २४ घन्टामा काठमाण्डौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाण्डौंमा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया