काठमाण्डौंः नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीलाई कोरोना भाइरस संक्रमण भएको छ।
बुधबार बेलुका सामाजिक सञ्जालमार्फत मुख्य सचिव वैरागी आफैंले आफ्नो रिपोर्ट कोरोना पोजेटिभ आएको जानकारी दिएका हुन् ।
बुधबार ट्विट गर्दै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया