मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

विश्वभर कोरोना संक्रमिको संख्या ४ करोड ५० लाख नाघ्यो- ११ लाख ८० हजार मानिसको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित भएकाहरुको संख्या ४ करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी ४ करोड ५० लाख १८ हजार ३५४ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण विश्वभरी अहिलेसम्म ११ लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा बताइएको छ । संक्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौंमा फ्रान्स रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना संक्रमित भएका छन् भने २ लाख ३४ हजार १७७ को मृत्यु भएको छ । त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना संक्रमित हुँदा १ लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले बताएको छ ।

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना संक्रमित र १ लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना संक्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना संक्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने संक्रमित भएर पनि निको भइसकेकाहरुको संख्या ३ करोड ३० लाख १८ हजार ६९७ रहेको छ । त्यसैगरी अहिलेपनि संक्रमित अवस्थामै रहेका कुल १ करोड ११ लाख ७६ हजार ४२५ मध्ये १ करोड १० लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ । रासस/ एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार