कार्तिक ११, २०८३ बुधबार October 28, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ वटा निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारले गत असोज १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

बिहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी सो निर्णयहरू सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक गरेका निर्णयहरूः

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रु २ अर्ब ७१ करोड ३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालय कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाइ काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक बर्ष २०७६/७७ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सातवटा आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

४. सहायक रथीद्धय अशोकराज सिग्देल र गोकुल भण्डारीलाइ उपरथी दर्जामा तथा महासेनानी कुमार बाबु थापा समेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला-भैंसेपाटी- बुङ्मति सडक स्तरोन्ती गर्नको लागि राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६. नेपाल-भारत विद्युत व्यापार सम्झौता अन्तर्गत संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौ बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाइ भाग लिन स्वीकृति दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार