बैसाख १३, २०८२ शनिबार April 26, 2025

तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसदबाट निलम्बन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् ।

संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराइले विहिबार सुचना प्रकासित गरी महराको सांसद पद निलम्बनमा परेको जनाएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था रहेको छ  । आईतबार महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो ।

यो सुचनासँगै निलम्बनमा परेका महराको सांसदको हैसियतमा पाउने सेवा सुविधा समेत रोक्का भएको छ  ।

संघिय संसदका महासचिव मनोहर प्रसाद भट्टराईद्धारा जारी गरिएको सुचनामा जबर्जस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संविधान बमोजिम प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

बिहिबार अपरान्ह जारी गरिएको विज्ञप्तीमा भनिएको छ काठमाडौ जिल्ला अदालतबाट असोज १९ गते पक्राउ अनुमति प्राप्त भएबमोजिम महरालाइ सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा (१) सय (३) को उपधारा (६) बमोजिम नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार