जेठ २३, २०८३ शनिबार June 6, 2026

तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसदबाट निलम्बन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् ।

संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराइले विहिबार सुचना प्रकासित गरी महराको सांसद पद निलम्बनमा परेको जनाएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था रहेको छ  । आईतबार महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो ।

यो सुचनासँगै निलम्बनमा परेका महराको सांसदको हैसियतमा पाउने सेवा सुविधा समेत रोक्का भएको छ  ।

संघिय संसदका महासचिव मनोहर प्रसाद भट्टराईद्धारा जारी गरिएको सुचनामा जबर्जस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संविधान बमोजिम प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

बिहिबार अपरान्ह जारी गरिएको विज्ञप्तीमा भनिएको छ काठमाडौ जिल्ला अदालतबाट असोज १९ गते पक्राउ अनुमति प्राप्त भएबमोजिम महरालाइ सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा (१) सय (३) को उपधारा (६) बमोजिम नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार