काठमाण्डौंः भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा स्थलसेनाध्यक्ष सहितको टोली भारतीय सेनाको विशेष विमानबाट मध्यान्ह सवा ११ बजे काठमाण्डौं अवतरण गरेका हुन् ।
नरवाणेसहितको भ्रमण टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति बिशिष्ट कक्षमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो । विमास्थलबाट अवतरण भएलगत्तै उनी नेपाली सेनाको बिशेष सुरक्षा स्कर्टिङमा सोल्टी होटल गएका छन् । तीन दिने नेपाल बसाईका क्रममा उनी त्यही होटलमा रहनेछन् ।
आजै साँझ उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरवाणे बस्ने सोल्टी होटल लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल भ्रमणको अवधिमा नरवाणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति लगायतका उच्चपदाधिकारीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया