काठमाण्डौंः नेपालका लागी भारतीय राजदूत विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडेलबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान परराष्ट्रमन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे छलफल भएको राजदूत क्वात्राले जानकारी दिए । उनले सचिवमा नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए ।
‘विदेश सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । उनको नियुक्तिको लागि हार्दिक बधाई । हामीबीच भारत–नेपाल सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे सकारात्मक छलफल भयो’, राजदूत क्वात्राले ट्वीटमा लेखेका छन् ।
यसैबिच मंगलबारमात्रै अर्थमन्त्री बिष्णु पौडेलसँग भेटवार्ता गरेका राजदुत क्वात्राले बुधबार बिहान परराष्ट्र सचिव पौडेललाई भेटेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया