मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नरवणेको नेपाल भ्रमणको पहिलो दिनः धार्मिक स्थालको भ्रमणमा ब्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि काठमाडौं आएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । नरवणे बुधबार बिहान साँढे ११ बजे त्रिभुवन अन्तर्रा्षिष्ट्रय विमानस्थलमा अवतरण गरेको नेपाली सेनाले जनाएको छ ।

उनी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेका थिए । भ्रमणको पहिलो दिन धार्मिक स्थलको भ्रमणमा बयबसत रहे । जंगीअड्डाका अनुसार पत्नी विनासहित उनले पहिले वसन्तपुरमा कुमारीको दर्शन गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको कडा सुरक्षा व्यवस्थाका बीच उहाँ पशुपति मन्दिरको दर्शन गर्न समेत पुगेका छन् ।

उनको सुरक्षाका लागि सैनिक प्रहरीले अगुवा–पछुवा गाडीको व्यवस्था गरेको छ भने पछाडि नेपाल प्रहरीको एउटा टोली समेत खटिएको थियो । नरवणेलाइ भोली शितलनिवासले मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम राखेको छ ।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाइसकेका छन् ।

शितलनिवासको कार्यक्रम अघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्ने कार्यक्रम तय भएको छ ।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग समेत उनले छलफल गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार