मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि

प्रतियोगितामा भारतका समेत आठ टोलीबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेलबारी (मोरङ)१२ मङ्सिर । आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

डाँगीहाट युथ क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा भारतका समेत आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब (बेलबारी–११) सहित भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल पुलिस क्लब (काठमाडौँ), भोजपुर जिल्ला फुटबल सङ्घ (भोजपुर), थ्री स्टार क्लब (काठमाडौँ), साविक विजेता प्लानिङ ब्वाइज क्लब (काठमाडौँ) र रेड स्टार फुटबल क्लब (बिर्तामोड) ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा हुने छ ।

राष्ट्रियस्तरका ‘ए’ डिभिजन क्लबहरू र भारतीय टिमको समेत सहभागिता रहने भएकाले यसपटकको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने प्रतियोगिता आयोजक क्लबका अध्यक्ष विक्रम बान्तवाले जानकारी दिनुभयो ।

आठौँ संस्करणको फाइनलमा सहलेस युवा क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि उचालेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि
२०८३ मंग्सिर १२, शनिबार
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
२०८३ मंग्सिर १२, शनिबार
किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै
२०८३ मंग्सिर १२, शनिबार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२०८३ मंग्सिर १२, शनिबार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री
२०८३ मंग्सिर १२, शनिबार
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
२०८३ मंग्सिर १२, शनिबार
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर १२, शनिबार