काठमाण्डौंः शनिबारदेखि ट्राफिक सचेतनासँग सम्बन्धीत गितहरु काठमाण्डौंको चोकहरूमा शनिबार सुन्न पाईने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई लक्षित गरी ट्राफिक नियम पालनामा सचेत गराउन काठमाडौंका चोक चोकमा डमी राख्दै गीतहरू बजाउन सुरुवात गरेको हो ।
महाशाखाका अनुसार दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा गीत बजाइने छ। भने महाशाखाले एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई ट्राफिक सम्बन्धी नियम सिकाउने लक्ष्य राखेको छ ।
उक्त सांगीतिक डमी अभियानको शनिबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले शुभारम्भ गरेका छन् । महाशाखाका अनुरुप अभियानले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्याउने छ ।
सवारी साधनको बढी चाप हुने काठमाडौंको मुख्य ५ वटा चोकहरू कोटेश्वर, बानेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको माध्यमबाट गीत बजाएर ट्राफिक सचेतना गराइने छ।
महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले गित संगितमार्फत ट्राफिक सचेतना दिँदा सर्बसाधारणले छिटै बुझ्न सक्ने आशा राखेको छन् ।
यसअघि महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन भन्दै गत भदौ १६ गतेदेखि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया