काठमाण्डौंः कञ्चनपुरको नेपाल-भारत सिमा क्षेत्रमा हतियार सहित प्रवेश गरेका भारतीय सुरक्षा बलका सुरक्षाकर्मीहरुलाइ स्थानियले लखेटेका छन् ।
बेलौरी नगरपालिका-१० भुडास्थित नेपाल-भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् ।
कोसँग सोधेर आयौ भन्यौँ भनेर सोध्दा उनीहरुले कसैलाइ पनि नसोधेको भनेपछि उनीहरुलाइ २०/२५ जना युवाहरू मिलेर लखेटेको बेलौरी नगरपालिका वडा नं १० का वडा सदस्य रामनाथ चौधरीले बताए ।
उनीहरुल्े नेपाली भूमीमा आएर आफुहरुलाइ धम्की दिने गरेको समेत बताएका छन् । यसपटक पनि एकौटी रुपमा नेपाल छिरेर सीमा नापीरह्ेका र आफुहरु जाइलाग्न खोजेपछि उनीहरु भाँगेको उनको भनाइ छ ।
नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । शनिबार सोही टोली बेल्डाडी गाउँपालिकाको सीमा नम्बर ३२ मा समेत पुगेको स्थानीयले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया