काठमाडौंः कोरोनाभाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकारले गर्दै आएको उद्धार उडान नगर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र सीसीएमसीको बैठकले नियमित उडान सञ्चालन भएको र कुटनीतिक नियोगका अनुसार उद्धार गर्नुपर्ने मानिसको संख्या लगभग सकिएकाले उद्धार उडान गर्नु नपर्ने निर्णय गरेको हो ।
अब उद्धार गर्नुपर्नेहरुलाई नियमित उडानबाट व्यवस्थापन गर्न सक्ने अवस्था रहेको उनले बताए। कोही अलपत्र अवस्थामा रहेको र नेपाल आउनैपर्ने भए नियमित उडानबाट ल्याउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव महेन्द्र गुरागाईले जानकारि दिए ।
उनका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरिएको छ ।
त्यस्तै बैठकले अन्तराष्ट्रिय सीमानाका १३ प्रवेशविन्दुमा बैतडीको झुलाघाटलाई थप गरि १४ वटा प्रवेशविन्दु बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी दक्षिण एसियासहित अन्य देशमा नियमित हवाई उडान गर्नका लागि संस्कृति मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया