काठमाण्डौंः प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको छ ।
नागरिक उड्ययन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो । बेलुकी पनि बालुवाटारमै हेलिकोप्टर अवतरण गराइएको थियो ।
अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया