काठमाण्डौंः भारतमा कार दुर्घटनामा परि तीन जना नेपालीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । उक्त दुर्घटना भारतको आग्रामा बिहीबार भएको जनाइएको छ ।
२ जना पुरुष धादिङका र एक जना जनकपुरकी महिलाको मृत्यु भएको जनाएको छ । घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।
आग्राबाट मथुरा जाँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया