श्रावण १०, २०८३ आइतबार July 26, 2026

उपनिर्वाचन बहिष्कार गर्ने नेकपा (माओवादी केन्द्र) को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाण्डौमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई हड्ताल सहितको बहिष्कार गर्ने निर्णय गरेको सो पार्टीका युवा नेता आलोक रायमाझीले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय गौशालमा असोज ३० गते बसेको पदाधिकारी र कार्तिक १ गते बसेको पोलिटब्युरो बैठकले तय गरेका एजेण्डालाई शनिवार अनामनगरमा बसेको केन्द्रिय समितिको बैठकले टुंगो लगाएको हो ।

हाल सो पार्टीमा गोपालि किराँतीको नेतृत्वमा ६५ जना केन्द्रिय सदस्य रहेका छन् । बैठकमा वर्तमान सरकारको पछिल्लो गतिविधीका बारेमा केन्द्रीय सदस्यहरुले रिर्पोटिङ गर्नुका साथै पार्टी सुदृढीकण र संगठन विस्तार गर्न नेतृत्व तहको ध्यानाकर्षण गरेका थिए । बैठकले वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी), विप्लव नेतृत्वको नेकपा लगायतका क्रान्तिकारी शक्तिहरुसँगको एकतालाई मुल एजेण्डालाई पनि समर्थन गर्ने निर्णय गरेको जनाइएको छ ।

गत असोज २ गते सरकारलाई दिइएको १८ बुँदा सहितको एक महिने अल्टिमेटम पत्रको सुनुवाई हालसम्म नगरेको कारण पनि उपनिर्वाचनलाई वहिष्कार गर्नु परेको पनि बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार