असार २५, २०८२ बुधबार July 9, 2025

उपनिर्वाचन बहिष्कार गर्ने नेकपा (माओवादी केन्द्र) को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाण्डौमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई हड्ताल सहितको बहिष्कार गर्ने निर्णय गरेको सो पार्टीका युवा नेता आलोक रायमाझीले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय गौशालमा असोज ३० गते बसेको पदाधिकारी र कार्तिक १ गते बसेको पोलिटब्युरो बैठकले तय गरेका एजेण्डालाई शनिवार अनामनगरमा बसेको केन्द्रिय समितिको बैठकले टुंगो लगाएको हो ।

हाल सो पार्टीमा गोपालि किराँतीको नेतृत्वमा ६५ जना केन्द्रिय सदस्य रहेका छन् । बैठकमा वर्तमान सरकारको पछिल्लो गतिविधीका बारेमा केन्द्रीय सदस्यहरुले रिर्पोटिङ गर्नुका साथै पार्टी सुदृढीकण र संगठन विस्तार गर्न नेतृत्व तहको ध्यानाकर्षण गरेका थिए । बैठकले वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी), विप्लव नेतृत्वको नेकपा लगायतका क्रान्तिकारी शक्तिहरुसँगको एकतालाई मुल एजेण्डालाई पनि समर्थन गर्ने निर्णय गरेको जनाइएको छ ।

गत असोज २ गते सरकारलाई दिइएको १८ बुँदा सहितको एक महिने अल्टिमेटम पत्रको सुनुवाई हालसम्म नगरेको कारण पनि उपनिर्वाचनलाई वहिष्कार गर्नु परेको पनि बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार