काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाका हातबाट तिहारको भाइटीका लगाएका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार सोमबार बिहान ११ः३७ को शुभसाइतमा प्रधानमन्त्री निवाश बालुवाटारमा कोशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएकी हुन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्यालाई पनि टीका लगाइदिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीका अन्य बहिनीहरु झापामै छन् । कोराना संक्रमणका कारण यसपटक एकमात्र बहिनीबाट प्रधानमन्त्री ओलीले टीका लगाएका जानकारी दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया