असोज १६, २०८० मंगलबार October 3, 2023

सत्यनिरुपण र वेपत्ता आयोगका पदाधिकारी नियुक्तिमा विलम्ब,नेकपा र कांग्रेस नेताहरुबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनमा अझै विलम्ब हुने देखिएको छ ।

सोमबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन । नेताहरुले पछिल्लो समय पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै छिट्टै अर्को बैठक बस्ने सहमति गरेको एक नेताले बताएका छन ।

बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘हामी सबै कताकता व्यस्त भयौं । यो विषय कसैको प्राथमिकतामा नपरेको जस्तो भयो । अब छिट्टै बस्छौं ।’

प्रमुख दलहरुले दुवै आयोगमा पठाउने सम्भावित पदाधिकारीहरुबारे समझदारी गरिसकेका थिए । तर त्यसमा द्वन्द्वकालका पीडितहरुले असहमति जनाएका छन् भने मानवअधिकार आयोगले समेत चासो देखाएको छ ।

त्यसबारे सिफारिस समितिसँग पनि परामर्श गर्न बाँकी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।

दुवै आयोगको पदाधिकारी सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको थियो । तर समितिले अहिलेसम्म सम्भावित उम्मेदवारहरुको सूची प्रकाशित गरेर उजुरी आहृवान समेत गर्न सकेको छैन । तिहारअघि यो हुने सम्भावना कम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार