श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सत्यनिरुपण र वेपत्ता आयोगका पदाधिकारी नियुक्तिमा विलम्ब,नेकपा र कांग्रेस नेताहरुबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनमा अझै विलम्ब हुने देखिएको छ ।

सोमबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन । नेताहरुले पछिल्लो समय पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै छिट्टै अर्को बैठक बस्ने सहमति गरेको एक नेताले बताएका छन ।

बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘हामी सबै कताकता व्यस्त भयौं । यो विषय कसैको प्राथमिकतामा नपरेको जस्तो भयो । अब छिट्टै बस्छौं ।’

प्रमुख दलहरुले दुवै आयोगमा पठाउने सम्भावित पदाधिकारीहरुबारे समझदारी गरिसकेका थिए । तर त्यसमा द्वन्द्वकालका पीडितहरुले असहमति जनाएका छन् भने मानवअधिकार आयोगले समेत चासो देखाएको छ ।

त्यसबारे सिफारिस समितिसँग पनि परामर्श गर्न बाँकी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।

दुवै आयोगको पदाधिकारी सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको थियो । तर समितिले अहिलेसम्म सम्भावित उम्मेदवारहरुको सूची प्रकाशित गरेर उजुरी आहृवान समेत गर्न सकेको छैन । तिहारअघि यो हुने सम्भावना कम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार