काठमाण्डौंः पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ । चितवनको नारायणगढ पुगेका शाहको स्वास्थ्यमा बुधबार साँझ एक्कासि समस्या देखिएको हो ।
छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ ।
रेग्मीका अनुसार शाह बसेको होटलमै इसिजी गरिएको छ । इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने रेग्मीले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया