मंग्सिर १, २०८२ सोमबार November 17, 2025

आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी पाठ्यक्रम पढ्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी पाठ्यक्रम अध्यापन गराउने भएको छ ।

सत्तारुढ (नेकपा) निकट मजदुर संगठन जिफन्टको पहलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी छुट्टै पाठ्यक्रमको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो ।

सोमबार जिफन्टले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै त्रि.वि.वि.का प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धि छुट्टै पाठ्यक्रम अध्यापन गराउने तयारी गरिएको बताएका छन् ।

प्राध्यापक अधिकारीका अनुसार विश्वविद्यालयले त्यसका लागी छुट्टै विभाग र पाठ्यक्रमको निर्माण गरिसकेको समेत बताएका हुन् ।

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षासम्बन्धी छुट्टै अध्यापन गर्न पहल गरिएको बताएका थिए ।

जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार