असोज ६, २०८३ मंगलबार September 22, 2026

आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी पाठ्यक्रम पढ्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी पाठ्यक्रम अध्यापन गराउने भएको छ ।

सत्तारुढ (नेकपा) निकट मजदुर संगठन जिफन्टको पहलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी छुट्टै पाठ्यक्रमको अध्यापन आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको हो ।

सोमबार जिफन्टले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै त्रि.वि.वि.का प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकहरुलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धि छुट्टै पाठ्यक्रम अध्यापन गराउने तयारी गरिएको बताएका छन् ।

प्राध्यापक अधिकारीका अनुसार विश्वविद्यालयले त्यसका लागी छुट्टै विभाग र पाठ्यक्रमको निर्माण गरिसकेको समेत बताएका हुन् ।

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरुका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा पनि श्रमिक शिक्षासम्बन्धी छुट्टै अध्यापन गर्न पहल गरिएको बताएका थिए ।

जिफन्टले श्रमिकहरुको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार