काठमाण्डौंः भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि काठमाडौं विमानस्थल अवतरण गरेका हुन् ।
श्रृंगला आजै काठमाडौंको होटल याक एन्ड एतिमा हुने नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन् ।
बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।
नेपाल- भारत विदेश सचीवस्तरीय द्विपक्षीय बैठक मध्यान्ह हुनेछ ।
बैठकमा सहभागी भएपछि भारतीय विदेशसचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्। आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन् ।
“भारतीय विदेशसचिव ज्यूको सबै औपचारिक कार्यक्रम आज नै सकिन्छ” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। भारतीय विदेशसचिव श्रृंगला भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया