जेठ ७, २०८२ बुधबार May 21, 2025

प्रधानमन्त्रीलाई देउवाको फोन : संवैधानिक परिषदको निर्णय सहमतिमै होस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषदका निर्णयहरु सहमतिमै हुनुपर्ने बताएको छ ।

कांंग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकमा परिषदका पछिल्ला निर्णयहरुको समीक्षा भएको थियो । कतिपय निर्णय विपक्षी दलको नेताको अनुपस्थितिमै भएको भन्दै कांग्रेसले त्यो परिषद् गठनको मर्मविपरीत भएको बताएको छ ।

कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारले जे चाहन्छ, त्यो मात्र निर्णय गर्ने भए त संवैधानिक परिषद किन गठन गर्नुपर्थ्यो र ? त्यसैले सहमतिका आधारमा निर्णय गर्नुपर्छ भन्ने हाम्रो जोड रह्यो ।’

स्रोतका अनुसार बैठकलगतै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर पार्टीको धारणा सुनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार