असार २३, २०८२ सोमबार July 7, 2025

करारमा नियुक्ति दिलाइदिने भन्दै फेरि ठगी, नक्कली नियुक्तिको नालिबेली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल वायुसेवा निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गोको कामसँग सम्बन्धित रिक्त पदमा करारमा नियुक्ति दिलाइदिने भन्दै फेरि ठगी भएको छ ।

यसअघि काठमाण्डौको एसपीमा केदार रिजाल र आइजिपी रविन्द्रप्रताप शाह हुँदा पनि शानेवानिकै इन्जिनियरिङ डिपार्टमेन्टमा यस्तै ठगी भएको थियो । तर,त्यो सँस्थामा यसखाले ठगी रोकिएन ।

यसपालीका ठगचाहि   सुरेशकुमार महतो हुन्  । उनले विभिन्न व्यक्तिलाई निगमको नक्कली लेटरप्याडमा नक्कली व्यहोरा उल्लेख गरी आफैँले शाखा अधिकृतको दस्तखत गरी दिएको करार पत्रको आधारमा व्यक्तिपिच्छे ६५ हजारदेखि २ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको हो ।

गत चैतमा लकडाउन शुरु हुनुभन्दा केही समयअघिका विभिन्न मितिमा जारी  ती नियुक्तिपत्रमा विभिन्न व्यक्तिलाई भिन्दाभिन्दै पद र स्थानमा नियुक्ति दिइएको उल्लेख गरिएको छ ।

महतोले बनाएको लेटर प्याडमा निगमको आफ्नै लोगोको सट्टा नेपाल सरकारको निशान छाप,निगमको छापसँग छेउ टुप्पो नमिल्ने स्ट्याम्प (छाप) र निगममा हुँदै नभएको पद उल्लेख गरिएको देखिन्छ । – जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया