असार ११, २०८३ बिहिबार June 25, 2026

तरुण दल स्थापना दिवसमा समानान्तर चियापान !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एकले अर्कोलाई कारवाही घोषणा गरेका तरुण दल अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले तरुण दल स्थापना दिवसमा एकै ठाउँमा अलग अलग कार्यक्रम गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कात्तिक १० गते एकै दिन दुवै पक्षले कार्यक्रमका लागि स्थान मागेका छन् । महासचिव शाहीले चियापान तथा तरुण भेलाका लागि आफूले केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जानकारी गराइसकेको बताएका छन ।

महासचिव शाहीले उपत्यकास्तरीय तरुण भेला आयोजना गरेर कात्तिक १० गते स्थापना दिवस मनाउने घोषणा गरेका हुन् । सोही दिन संगठनको तर्फबाट चियापान कार्यक्रम केन्द्रीय कार्यालयमै राखिएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताएका छन् ।

गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थल पनि एउटै तय गरेपछि दुवै पक्षबीच झडपको सम्भावना समेत बढेको छ ।

बस्नेतले जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमा चियापान समारोह आयोजना गरिने उल्लेख छ भने शाहीले पनि सोही दिन पार्टी केन्द्रीय कार्यालयमै चियापान कार्यक्रम आयोजना गरिने प्रतिक्रिया दिएका छन् ।

महासचिव शाहीले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा। शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष सदस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको बताएका छन् ।

उनले चियापान कार्यक्रममा नेताहरु प्रकाशमान सिंह,डा. रामशरण महत, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइरालालगायतका नेताहरुलाई आमन्त्रण गरिएको बताएका छन ।

ती सबै नेता देउवा विरोधी खेमाका हुन् । अध्यक्षलाई कारवाही गरिसकेकाले आफूलेनै अध्यक्षको हैसियतमा तरुण दल चलाइरहेको दावी उनको छ । उनले पार्टी केन्द्रीय कार्यालयमै चियापान गरिने बताएका छन ।

बस्नेत पक्षले गरेको चियापानमा सभापति शेरवहादुर देउवा लगायतका नेताहरुलाई बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाटोमाथि इरानको आरोप
२०८३ असार ११, बिहिबार
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार