असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सार्वजनिक शिक्षा सुधारका लागि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दुई वर्षअघि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने गैरसरकारी संस्थाविरुद्ध शिक्षा मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको छ । ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’ (एनसिई) र ‘ग्लोबल एक्सन’ नामक गैरसरकारी संस्थाले अनधिकृत रूपमा सरकारको निशान छाप प्रयोग गरेको बताउँदै कारबाही प्रक्रिया बढाइएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा गैरसरकारी संस्थाहरूले अनधिकृत रूपमा मन्त्रालयको नाम र सरकारको निशान छाप प्रयोग गरी प्रतिलिपि अधिकारसमेत उल्लंघन गरेको देखिएको उल्लेख छ ।

अनधिकृत काममा संलग्न भएकाले एनसिई र ग्लोबल एक्सनसँग आफूमातहतका निकायले गर्दै आएको सहकार्य विच्छेद गर्ने निर्णय मन्त्रालयले गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वमा २४ असार ०७५ मा गठित २५ सदस्यीय आयोगले सोही वर्ष २२ पुसमा प्रतिवेदन बुझाएको थियो । सरकारले गोप्य राखेको प्रतिवेदन आयोगका १३ जना सदस्यले गत शुक्रबार दरबार हाइस्कुलमा सार्वजनिक गरेका थिए ।

आयोग सदस्यहरू डा. विद्यानाथ कोइराला, डा. मीनबहादुर विष्ट, डा. रामस्वार्थ राय, डा. सुशन आचार्य, डा. सुजनबाबु मरहट्टा, डा. सदानन्द कँडेल, डा. कृष्णप्रसाद पौडेल, डा. टंकनाथ शर्मा, श्यामकुमार श्रेष्ठ, विमल फुँयाल, लक्ष्मण शर्मा, चक्रमान विश्वकर्मा र बाबुराम थापाको स्वीकृतिमा एनसिईले प्रकाशन गरेको हो । तर, सो प्रतिवेदन सरकारले २२ पुस ०७५ देखि गोप्य राखेको थियो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार