श्रावण ११, २०८३ सोमबार July 27, 2026

उपनिर्वाचन र भातृसंगठनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

छलफलका लागि विभिन्न एजेन्डाहरू तय भने मुख्यगरी मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे बैठक केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ । उनका अनुसार, धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ ।

तत्कालीन पर्र्यटन मन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त कास्की क्षेत्र नं. २ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आकांक्षीको होड देखिएपछि कांग्रेसका लागि उम्मेदवार छनोट गर्न सकस परेको छ । कांग्रेसका एक नेताका अनुसार, उम्मेदवार चयनका लागि कांग्रेसले केन्द्रीय समिति बैठकबाट एक उपसमिति बनाउने सम्भावना छ ।

त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन । अधिवेशनको मिति तय नगर्दा यी संगठनहरू निष्क्रिय हुनुका साथै विवादमा फसेका छन् । तरुण दलभित्र एकले अर्कोलाई कारबाही गर्नेजस्ता गतिविधि पछिल्ला समय देखिएका छन् । आज बस्ने बैठकले यसबारे पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार