कार्तिक ११, २०८३ बुधबार October 28, 2026

उपनिर्वाचन र भातृसंगठनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

छलफलका लागि विभिन्न एजेन्डाहरू तय भने मुख्यगरी मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे बैठक केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ । उनका अनुसार, धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ ।

तत्कालीन पर्र्यटन मन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त कास्की क्षेत्र नं. २ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आकांक्षीको होड देखिएपछि कांग्रेसका लागि उम्मेदवार छनोट गर्न सकस परेको छ । कांग्रेसका एक नेताका अनुसार, उम्मेदवार चयनका लागि कांग्रेसले केन्द्रीय समिति बैठकबाट एक उपसमिति बनाउने सम्भावना छ ।

त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन । अधिवेशनको मिति तय नगर्दा यी संगठनहरू निष्क्रिय हुनुका साथै विवादमा फसेका छन् । तरुण दलभित्र एकले अर्कोलाई कारबाही गर्नेजस्ता गतिविधि पछिल्ला समय देखिएका छन् । आज बस्ने बैठकले यसबारे पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार