असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ । अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिनलाई प्रमाणीकरण गरेको छैन । जसकारण कुन देशले उत्पादन गरेको भ्याक्सिन ल्याउने भन्ने अझै निर्णय हुन सकेको छैन । अहिलेसम्म विभिन्न देशले उत्पादन गरेको भ्याक्सिन ट्रायलका क्रममा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा भ्याक्सिन ल्याउन प्राथमिकताका आधारहरू तय गरिएका छन् । सरकारले सुरक्षित, लाइसेन्स प्राप्त, भौतिक संरचना, पूर्वाधारसँग मिल्ने र कम मूल्यलाई आधार मानेर भ्याक्सिन आयात गर्ने तयारी गरेको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध आपतकालीन प्रयोगका लागि फाइजर भ्याक्सिनले स्वीकृति पाएको छ । अहिलेसम्म फाइजर भ्याक्सिनले मात्रै बेलायत, बहराइन र अमेरिकामा मात्रै आम मानिसमा प्रयोगका लागि सिफारिस भएको छ । फाइजरले बनाएको भ्याक्सिन माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकाले यसका लागि आवश्यक भण्डारण पूर्वाधार नेपालसँग नभएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजकसमेत रहेका खोप विज्ञ डा श्यामराज उप्रेतीले बताए ।

खोप विज्ञ डा उप्रेतीका अनुसार लाइसेन्स प्राप्त भ्याक्सिन मात्रै प्रयोग गर्न मिल्ने बताए । उनले भने, ‘नेपालमा ल्याइने भ्याक्सिन भनेको लाइसेन्स प्राप्त भ्याक्सिन नै हो । लाइसेन्स प्राप्त भ्याक्सिन नल्याउनु भनेको फेरि क्लिनिकल ट्रायल गर्नु हो ।’ भ्याक्सिन उत्पादन भएको देशको सम्बन्धित नियमनकारी सरकारी निकायले लाइसेन्स दिने व्यवस्था छ । डा। उप्रेतीले भने, ‘भ्याक्सिन भण्डारणको आँकलन गरिसकेका छौं । २ देखि ८ डिग्रीमा भण्डारण गर्नुपर्ने भ्याक्सिन आयो भने अहिले भएको कोल्ड चेनले नै पुग्छ, माइनस २० डिग्रीमा राख्नुपर्ने भ्याक्सिन आए केही संरचना थप्नुपर्ने हुन्छ ।’

सरकारले भ्याक्सिन आयातदेखि लगाउनेसम्मका पूर्वतयारीका कार्यक्रमलाई जारी राखेको छ । डा। उप्रेतीका अनुसार भ्याक्सिन कसलाई लगाउने भनेर प्राथमिकीकरण भइसकेको छ । यस्तै, भ्याक्सिन भण्डारणको एस्सेसमेन्ट भएको छ । भ्याक्सिन राख्ने कोल्ड चेनको विस्तार, आवश्यक निर्देशिका, संरचना, भ्याक्सिन आएपछि कसले पहिले पाउँछ भन्ने जोखिमका आधारमा वर्गीकरण गर्ने कार्यसमेत भईसकेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार