कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गृहमन्त्रीको छोराको डिएनए परिक्षण गर्नुपर्छ : तरुण दल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको भातृसंगठन तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘मैले धेरैचोटी भनिसकेको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईंको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाई/तरुण दललाई गलत सावित गर्न एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं ।’

२०७५ साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकिरहेका बेला बस्नेतले यस्तो धारणा राखेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार