काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान एक्लाएक्लै भेटवार्ता भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो।
भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा उनीहरुबीच कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला आइतबार मात्र बाकुबाट फर्किएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया