माघ २८, २०८१ सोमबार February 10, 2025

बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ ।

राष्ट्रपति हमिदको भ्रमणबारे परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘उताबाट प्रस्तावित मिति नोभेम्बर ११- १४ हो, तर यो मिति केही दिन तलमाथि हुन सक्छ । दुबै देशका परराष्ट्र मन्त्रीस्तरीय वा सचिवस्तरीय बैठकले भ्रमणको मिति निश्चित गर्नेछ । तर, राष्ट्रपति हमिदको नेपाल भ्रमण सुनिश्चित भइसकेको छ ।’

यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो । सो बैठकमा पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

भ्रमणको एजेण्डामा के छ ?

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रपति हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार दुई देशका प्रधानमन्त्रीको छलफलपछि पत्रकारहरुसँग बोल्दै बंगलादेशका विदेश मन्त्री शाहिदुल हकले दुवै प्रधानमन्त्रीहरुले ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने तत्परता व्यक्त गरेका छन् ।

बीबीआईएन अन्तरगत चारदेशहरु, बंगलादेश, भुटान, इण्डिया र नेपाल छन् । यी देशहरुवीच अन्तरदेशीय यातायात सञ्चालनका लागि यसअघि नै मोटर भेइकल एग्रिमेन्ट भइसकेको छ । तर, यसको कार्यान्वयनमा भुटानले गृहकार्य गर्नुपर्ने बताएकाले ढिलाइ भइरहेको छ ।

यो सम्झौता कार्यान्वयनका लागि यदि भुटानले थप समय मागेमा बंगलादेश, इन्डिया र नेपालवीच यो सम्झौता कार्यान्वयन गर्ने र तीन देशवीच यातायात सञ्चालनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव बंगलादेशले नेपालसमक्ष राखेको छ ।

बाकुमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले तीन देशवीच यातायात सञ्चालनका लासगि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिल्यै कुरा राखिसकेको भन्दै नेपाललाई पनि त्यसै गर्न आग्रह गरेकी थिइन् । प्रधानमन्त्री हसिनाले दुई साताअघि नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित बीबीआईएन सम्झौता कार्यान्वयनका विषयमा छलफल गरेकी थिइन् ।

राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला त्रिदेशीय सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र स्रोतको भनाइ छ ।

दक्षिण एशियाली सार्क संगठनमा आवद्ध रहेका नेपाल र बंगलादेशवीच पुरानो सम्बन्ध रही आएको छ । बंगलादेशकै सक्रिय पहलमा बनेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षता अहिले नेपालले गरिरहेको छ । तर, सार्क निश्क्रिय रहेको स्थितिमा नेपाल र बंगलादेश दुबैले यसको सक्रियालाका लागि संयुक्त पहल गर्न सक्ने स्थिति छ ।

पछिल्लो समयमा माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेघावाट बिजुली खरीद गर्न बंगलादेशले सहमति जनाइसकेको छ ।

यसबाहेक बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । यता बंगलादेशबाट मजदुरहरु नेपालका काम गर्न आउने क्रम पनि बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार
२०८१ माघ २८, सोमबार
खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी
२०८१ माघ २८, सोमबार
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छः मुख्यमन्त्री आचार्य
२०८१ माघ २८, सोमबार
सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो
२०८१ माघ २८, सोमबार
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार