कार्तिक ११, २०८३ बुधबार October 28, 2026

उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेः देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले दीपावली, नेपाल संवत् तथा छठको अवसरमा सोमबार भक्तपुरको दुधपार्टीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसलाई जिताउन नेता तथा कार्यकर्तालाई जुट्न निर्देशन दिएका छन् ।

उनले आफूले अन्तर्घातको नामै सुन्न नचाहेकाले उपनिर्वाचन काँग्रेसको लागि जीवनमरणको प्रश्न भएको समेत जिकिर गरे ।

सभापति देउवाले भक्तपुरको चाहना अनुसारकै व्यक्तिलाई उपनिर्वाचनको टिकट दिइने भन्दै सबैजना पार्टीका साथीहरू एकजुट भएर चुनावमा लाग्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन्।

‘गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ,’ देउवाले भने । उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए ।

उनले आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ संग्रहको सङ्ज्ञा दिँदै जनमत कांग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाटै दिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गरेका छन्।

कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाए ।

उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमली लगायतले आसन्न उपनिर्वाचनमा जीत काङ्ग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिए ।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा आगमी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको लागि भक्तपुर कांग्रेसले सहमति जुटाउन नसकेपछि आकांक्षी १० जनाको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार