काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पताल लगिएको छ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन।
‘उहाँ नियमित स्वास्थ्य जाँचका क्रममा ग्रान्डी जानुभएको हो,’ अर्यालले भने, ‘स्वास्थ्य परीक्षणपछि उहाँ आजै फर्किनुहुनेछ।’
अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लाने गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया