बैसाख १७, २०८३ बिहिबार April 30, 2026

उपनिर्वाचनका लागि आइतबार मात्रै कांग्रेस उम्मेदवारको टुंगो लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौैं । नेपाली कांग्रेसले अर्को महिना हुने उपनिर्वाचनको उम्मेदवार टुंगो आगामी आइतबार लगाउने भएको छ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्कीको प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको प्रदेशसभा उम्मेदवार घोषणा १७ गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन।

बिहीबारको बैठकमा जागरण अभियानको दुवै चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसहित पार्टी पदाधिकारी बैठक बसेको थियो। बैठकले भोलि (शुक्रबार) १५ गते केन्द्रीय समिति बैठक डाक्ने निर्णय पनि गरेको छ।

प्रवक्ता शर्माले एक ट्वीट गर्दै १७ गते साँझसम्म उम्मेदवार घोषणा हुने जानकारी गराएका हुन्। उपनिर्वाचन आगामी मंसिर १४ गते हुँदै छ। उपनिर्वाचनको आचारसंहिताबारे छलफल गर्न अहिले निर्वाचन आयोगमा छलफल भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया