मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच,बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरेका छन् । शिक्षण अस्पतालबाट ओली बालुवाटार फर्किएपछि प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो । तेस्रो डायलासिसको तयारी भइरहेको छ ।

त्यसअघि प्रधानमन्त्री ओली आइतबार विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका हुन् । त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो । त्यसक्रममा फोक्सोमा जम्मा भएको पानी अहिले नरहेको पाइएको छ । ‘चेकजाँच गर्दा फोक्सोको पानी निकाल्नु पर्दैन भन्ने निष्कर्षमा चिकित्सकहरु पुग्नुभयो र उहाँ फर्किनुभयो,’ सेन्टरका एक चिकित्सकले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओली परामर्श र सामान्य जाँचका लागि अस्पताल गएर बालुवाटार फर्किएको जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार