असोज १६, २०८० मंगलबार October 3, 2023

प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व बढायो: कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै वटा प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने, पूर्वाग्रही रुपमा अनावश्यक काममा हात हालेर द्वन्द्व बढाउन खोजेको बताएका छन ।

ुकेपी ओली नेतृत्वको सरकारलाई जनताको काम गर्न प्रतिपक्षी दलले सहयोग गरिरहेको अवस्थामा पूर्वाग्रही रुपमा प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ,ु प्रवक्ता शर्माले भने । २०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरुको नियुक्त गरेको थियो ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुख बर्खास्त गरेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार