कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

भारतको नयाँ नक्साप्रति राप्रपाको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘उक्त भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ।’

राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ। राप्रपाले भारतीय कार्यको कूटनैतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह समेत गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
आजको राशिफल पढ्नुहोस् : कुन राशिका लागि दिन अनुकूल, कुनका लागि चुनौतीपूर्ण ?
२०८३ कार्तिक १२, बिहिबार
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार