श्रावण १२, २०८१ शनिबार July 27, 2024

भारतमा एक महिलालाई ज्युँदै जलाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतमा एक पुरुषले महिला सरकारी कर्मचारीलाई ज्युँदै जलाएर हत्या गरेका छन्।

दक्षिण भारतीय राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी विवादमा हुँदा एक पुरुषले एक महिला राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरेको भारतीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

मृत्यु हुने महिलाको नाम विजया रेड्डी भएको बतााइएको छ। ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमबार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो।

उनलाई जोगाउन खोज्ने एक पुरुषको कर्मचारीको पनि मङ्गलबार उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

घटनास्थलमा खिचिएको एउटा हृदयविदारक भिडियोमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ।

प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ।

सोमबार दिउँसो साढे १ बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो।

उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ। रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए।

ती मध्येका गुरुन्नाथामका अनुसार रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज आयो तर त्यो भित्रबाट बन्द गरिएको थियो। विजया रेड्डीलाई बचाउन खोज्दा गुरुन्नाथामको पनि मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागे। प्रहरीले उनलाई सडकमा फेला पार्याे र अस्पताल लग्यो।

सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन्। उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन्।

उनका पिताले सञ्चारमाध्यमलाई भने, “जग्गा विवादमा एउटा मुद्दा चलिरहेको छ। तर त्यो म र मेरा भाइले हेरिरहेका छौँ। उनी (सुरेश) किन ती अधिकारीलाई भेट्न गए त्यो हामीलाई थाहा छैन।“

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार