श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

संवैधानिक परिषद्का सदस्य तटस्थ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्का सदस्यहरु पार्टीको निर्देशनमा नभई संविधानअनुसार तटस्थ हुनुपर्ने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहार र वडा नं ७ राजम्दोउराली जोड्ने रतीखोला मोटरेबल पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले परिषद्का सदस्यले कुनै पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने र आफूले कहिल्यै त्यस्तो नगर्ने बताउनुभएको हो ।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोप्रति लक्ष्य गर्दै अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्का दुई सदनमध्ये आफू पनि एउटा सदनको अध्यक्षका हिसाबले परिषद्को सदस्य भएकाले आफूले त्यस्तो नगर्ने बताउनुभयो । उहाँले परिषद्को अध्यक्षका रुपमा प्रधानमन्त्रीले गरेको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो नेता वा पार्टीले के भन्छ होइन । परिषद्को बैठकमा भएका निर्णय मान्नुपर्छ । निर्णयमा चित्त नबुझे पनि अदालतमा जान हुँदैन । कानून बनाउने विषयलाई सभामुखले अड्काउने होइन, सहजीकरण गर्नुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा विघटनका विषयमा अहिले सर्वोच्च अदालतमा बहस भइरहेकाले अदालतको निर्णय नै सर्वेसर्वा हुने बताउनुभयो । उहाँले अदालतलाई प्रभावित पार्ने काम कसैले गर्न नुहने बताउँदै अदालतको फैसलाका आधारमा आगामी चुनाव हुने-नहुने टुङ्गो लाग्नेसमेत बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले मुलुक विकास निर्माण र समृद्धिको युगमा अघि बढेको बताउँदै लामो समयको राजनीतिक अस्थिरतापछि अहिले मुलुकभर विकास निर्माणको लहर अघि बढेकाले यसमा आम नागरिकले साथ, सहयोग र खबरदारी गर्नुपर्ने बताउनुभयो । सडक, पुल, खानेपानी, सिँचाइ, स्वास्थ्य जस्ता पूर्वाधारहरु निर्माणले गति लिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि मुलुक समृद्ध बन्ने बताउनुभयो । उहाँले विकास निर्माणका कामहरुमा कुनै पनि पक्षले राजनीति गर्न नहुने बताउँदै सबैले एकमत भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री वसन्त नेम्वाङ, पूर्वसांसद पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललगायतले पुल निर्माणका लागि शुभकामना दिनुभएको थियो ।

उक्त पुल निर्माणसँगै मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा र आर्थरलगायतका वडाका नागरिकले बाह्रैमास सडक सुविधा पाउने भएका छन् । २०७२ सालदेखि निर्माण शुरु भएको उक्त पुल जग्गा विवाद, भूकम्प, कोरोनालगायत कारणले ढिलाइ भएको हो । कूल ७० मिटर लामो उक्त पुल रु १० करोड ४६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । दुईवटा स्पान रहेको पुलको चौडाइ नौ मिटर छ, जसमा एक दशमलब ७५ मिटर फुटपाथ रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार