मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

लयमा फर्किंदै खेलकूद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना कहरमा झण्डै एक वर्ष प्रभावित बनेको खेलकूद क्षेत्र लयमा फर्किन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीसँगै खेलकूद क्षेत्रमा अभ्यासलगायतका कार्यक्रम स्थगन बनेपछि खेल जगत् नराम्ररी प्रभावित बनेको थियो ।

पछिल्लो समय कञ्चनपुर, कैलालीसँगै सुदूरपश्चिममा नियमित अभ्यासका साथै विभिन्न प्रतियोगितामा खेलाडी व्यस्त हुन थालेका छन् । केही महिनायता कञ्चनपुरमा विभिन्न खेलका प्रतियोगिता नियमितजसो आयोजना हुन थालेको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।

यहाँ १६ खेलमा कबर्डहल र खुलामञ्चका साथै यहाँको झलारी, दोधारा चाँदनी, पुनर्वास क्षेत्रमा खेल गतिविधि सञ्चालनमा रहेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो । करीब डेढ वर्षदेखि पदाधीकारीविहीन रहेको जिल्ला खेलकूद विकास समिति कर्मचारी र खेल प्रशिक्षकको अग्रसरतामा खेल गतिविधि भइरहेका छन् ।

“अन्य जिल्ला प्रदेशभन्दा यहाँ खेल गतिविधि नियमित छन्”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “प्रशिक्षणले पनि व्यापकता पाएको छ ।” हाल कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो सहाना प्रधान महिला राष्ट्रिय हक्की प्रतियोगिता आर्मी क्लबले जितेको छ ।
त्यसैगरी केही दिनअघि मात्रै च्याम्बर अफ कमर्शको आयोजनामा यहाँ जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो भने महेन्द्रनगर युनाइटेडले रु एक लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सम्पन्न गरेर यहाँ प्रदेशस्तरीय लिग चरणको फुटबल हुँदैछ ।

बक्सिङ ओलम्पियन तथा जिल्ला खेलकूद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले पुरानै लयमा फर्किन खोजेको बताउनुभयो ।

“कोरोना कहरमा खेलाडीको मनोबल घटेको थियो”, उहाँले भन्नुभयो, “अब नियमित प्रशिक्षणमा आएर व्यस्त हुन थालेका छन् ।” उहाँले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलगत्तै कोरोना चपेटा पर्दा समस्यामा परेको बताउनुभयो ।

त्यसैगरी भलिबल खेलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले कोरोना कहरले खेल जगत् प्रभावित भएका बेला यहाँ भलिबल प्रशिक्षण केन्द्रको जीर्णोद्धार गर्नुभयो । उहाँले पहिलो पटक यहाँ अन्तरराष्ट्रिय मापदण्डको बीच भलिबल कोर्टकोसमेत निर्माण गर्नुभएको छ ।

विसं २०६१ मा सुदूरपश्चिममै पहिलो पटक यहाँस्थित कबर्डहलमा नेपाली सेनाको सहयोगमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरेका प्रशिक्षक भट्टले अहिले भलिबलको प्रशिक्षण र व्यवस्थापनमा देखिएको सक्रियताले प्रशिक्षण केन्द्र थप आकर्षणको केन्द्र बन्न हो ।

अहिले भलिबलमा मात्रै दैनिक ८० जनाभन्दा बढी नयाँ खेलाडीको आगमन भएको छ । त्यसैगरी पछिल्लो समय विभिन्नस्तरका प्रतियोगितामा बढी उपाधि जितेर चर्चामा आएको कुस्ती खेलका प्रशिक्षक राजेन्द्र चन्दले खेलाडी नियमित प्रशिक्षणमा आइसकेको बताउनुभयो ।

“कोरोनाका बेला पनि खेलाडीले घरमा पनि सामान्य तालीम गरेर बसे”, उहाँले भन्नुभयो, “कोरोना कम भएसँगै खेलाडी नियमित प्रशिक्षणमा जुटिसके ।” कुस्तीका लागि प्रशिक्षण गर्न हलको समस्या भएपछि प्रशिक्षक चन्द यतिबेला नयाँ हल निर्माणका लागि पहलरत हुनुहुन्छ ।

“सदस्य सचिबवदेखि धेरै ठाउँबाट कुस्तीको भवन बनाउन आश्वासन मिलेको छ ।” चन्दले भन्नुभयो, “हल नहुँदा खेलकूदको सानो कोठामा प्रशिक्षण गराउनुपर्ने बाध्यता छ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार