मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सेना दिवसमा ‘हाफ म्याराथन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो ।

यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । जिल्लाको नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हुने प्रतियोगिता जिल्लाका विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा सञ्चालन गर्न लागिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिनुभयो ।

खुलातर्फ हाफ म्याराथप (२१ किलोमिटर) र पाँच किलोमिटर दौड गरी प्रतियोगितामा दुईवटा विधा समावेश गरिएको छ । पाँच किलोमिटर दौडमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाहेक राष्ट्रसेवक कर्मचारी र जिल्लावासी सहभागी हुन पाउनेछन् । खुलातर्फको हाफ म्याराथन प्रतियोगितामा नारायण नगरपालिकास्थित काँडाचौर, खुर्सानीबारी, भैँसेखोर हुँदै रातापानीसम्म पुगी फर्केर भैँसेखोर, खुर्सानीबारी, दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको सेनानी विश्वकर्माले जानकारी दिनुभयो ।

पाँच किलोमिटर दौडतर्फ काँडाचौर हुँदै खुर्सानीबारीसम्म पुगी फर्केर काँडाचौर दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ । हाफ म्याराथन हुने रुट एक हजार ३७५ मिटरदेखि एक हजार ६२५ मिटर उचाइ र पाँच किलोमिटर दौडको रुट एक हजार ३७५ मिटरदेखि एक हजार ५२० मिटर उचाइबीच रहने र कच्ची तथा पक्की मोटरबाटो रहने सेनाले जनाएको छ ।

हाफ म्याराथन प्रतियोगितामा खुलातर्फका विजेताले रु ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । हाफ म्याराथन प्रतियोगितामा जिल्लावासीतर्फ विजेताले रु चार हजार, उपविजेताले तीन हजार र तेस्रो हुनेले दुई हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ विजेताले रु १० हजार, उपविजेताले सात हजार ५००, तेस्रो हुनेले पाँच हजार, चौथो हुनेले तीन हजार र पाँचौँ हुनेले दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै पुरुषतर्फ विजेताले १० हजार, उपविजेताले सात हजार ५००, तेस्रो हुनेले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन चाहनेहरूले यही फागुन २४ गतेभित्र फोन, इमेल तथा सेनाको काँडाचौर ब्यारेक र सुरक्षा बेस दुल्लूमा नाम दर्ता गराउन सकिने सेनाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार