मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

बार्सिलोना स्पेनिश कोपा डेल रेको फाईनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा ३–२ ले जित्दै बार्सिलोना फाइनलमा पुगेको हो ।

सेमिफाइनल पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो । तर गएराति भएको दोस्रो लेगको खेलको निर्धारित समयमा बार्साले २–० कै जित निकाल्यो ।

बार्साका लागि ओस्मान डेम्बेले र जेरार्ड पिकेले एक एक गोल गरे । निर्धारित समयको खेल बार्सिलोनाले २–० ले जितेपछि एग्रिगेटमा २–२ गोलको बराबरी भए । यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेटले निर्णायक गोल गरे ।

खेलमा सेभियाका रेगेस र डे योङले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्तेबिचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार