मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

काठमाण्डौं मेयर कप क्रिकेट – एपीएफ क्लब एक विकेटले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो ।

टस जितेर एपिएफ क्लबले फिल्डिङ राजेपछि आर्मीले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको क्षतिमा २३५ रन बनायो । दुई सय ३६ रनको विजय लक्ष्य एपिएफले अन्तिम ओभरको दुई बल बाँकी छँदै नौ विकेटको क्षतिमा पूरा गर्यो । दुई सय ३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफका लागि सुमित महर्जनले ६०, वसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८, शङ्कर रानाले ३३, आशिफ शेखले १२ र भुवन कार्कीले १० रन बनाउनुभयो ।

बलिङतर्फ त्रिभुवन आर्मी क्लबका विक्रम शोवले तीन, करन केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बलमे एक–एक विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ५६, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८, भीम सार्कीले १८, राजेश पुलामीले १७, तथा कुशल मल्लले ११ रनको योगदान दिनुुभयो ।

बलिङतर्फ एपीएफका अविनाश बोहराले तीन, अमरसिंह रौटेला र भुवन कार्कीले दुई–दुई तथा कमलसिंह ऐरी र वसन्त रेग्मीले एक–एक विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच एपिएफ क्लबका वसन्त रेग्मी घोषित हुनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार