मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

काठमाण्डौं मेयर कप क्रिकेट – काठमाण्डौं मेयर्स ११ र एपिएफ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौं मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । काठमाडौँ मेयर्सले वाग्मती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो ।

मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौँ मेयर्सले वाग्मती प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्सले ५० ओभरमा नौ विकेटको क्षतिमा २४४ रन बनायो । उसका लागि कप्तान लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रन बनाउनुभयो ।

यस्तै सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४, सौरभ खनालले अविजित ४९ तथा विपिन खत्रीले ३२ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका नन्दन यादवले चार तथा रामनरेश गिरी र आरियो पौडेलले दुई÷दुई विकेट लिनुभयो । २४५ रनको लक्ष्य पछ्याएको वाग्मतीले ३४ दशमलव तीन ओभरमा सवै विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो । वाग्मतीका लागि पृथु बास्कोटाले ६०, कप्तान ज्ञानेन्द्र मल्लले १७, आदिल खानले १५, पारस खड्काले १० तथा इशान पाण्डेले १७ रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँ मेयर्सका सन्दीप लामिछानेले तीन तथा बिपिन खत्री र अनिल खरेलले दुई-दुई विकेट लिनुभयो । लामिछाने ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो ।

यसैगरी त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न अर्को खेलमा एपिएफले पुलिसमाथि रोमाञ्चक जीत हासिल ग-यो । पुलिस क्लबले ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनायो । पुलिसले दिएको २५९ रनको लक्ष्य एपिएफले एक बल बाँकी छँदै नौ विकेट गुमाएर पुरा ग¥यो । एपिएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२, सुमित महर्जनले ३३ र कप्तान शरद भेषवाकरले २० रन बनाउनुभयो । बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच, योगेन्द्रसिंह कार्कीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट लिनुभयो ।

यसअघि पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गर्नुभयो । उहाँले १३१ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १४० रन बनाउनुभयो । यस्तै पवन सर्राफले ३५, सुनिल धमलाले ३३, अनिल शाहले १८ तथा कुशल भुर्तेलले १० रन बनाउनुभयो । एपिएफका लागि शरद भेषवाकरले तीन विकेट लिनुभयो । पुलिसका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार