श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

प्रदेशसभा बैठकः विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि उक्त विधेयक माथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, भरतबहादुर खड्का र टेकबहादुर रैकाले भाग लिनुभएको थियो ।

बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य महेशदत्त जोशीले भूमिसम्बन्धी समस्या समाधान आयोगले सङ्कलन गरेको स्वघोषणा फाराम भर्न छुटेका भूमिहीन, सुकुम्वासी र अव्यस्थित बसोबासीलाई समय थपेर लगत लिने कार्य गर्नुपर्ने, कृषि कार्यक्रम र युवा स्वरोजगार कोषका कार्यक्रम पारदर्शी हुनुपर्ने र मल बीउबिजनको समयमै सहज आपूर्तिको व्यवस्थापन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार