मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नवप्रतिभाशाली खेलाडी सरिता र अशोक पुरस्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राजविराजमा आज भएको देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीका १६ वर्षीया सरिता यादव र कञ्चनपुरका १९ वर्षीय अशोकसिंह भण्डारीले नवप्रतिभाशाली खेलाडीका रुपमा पुरस्कार प्राप्त गरेका छन् ।

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिलातर्फ यादव र पुरुषतर्फ भण्डारीले आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुका साथै नव प्रतिभाशाली खेलाडी घोषित भएका हुन् । उनीहरुले स्वर्ण पदक वापत मेडल र प्रमाणपत्र तथा नव प्रतिभाशाली खेलाडी वापत कप र पाँच हजार नगद प्राप्त गरे ।

नव प्रतिभाशाली खेलाडी सरिताले प्रतियोगिताको महिला ५९ केजी तौल समूहमा जुनियरतर्फ स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलो तौल उचालेर कूलमा ११० किलो भार बहन गरिन् । सो समूहमा स्न्याचतर्फ ४० र क्लिन एण्ड जर्कतर्फ ५० गरी कूलमा ९० किलो भार बहन गरी द्वितीय भएकी बर्दियाकी ललिता हेमरान युवातर्फ प्रथम भए ।

नवप्रतिभाशाली पुरुष खेलाडी कञ्चनपुरका भण्डारीले पुरुषको ६७ किलो तौल समूहमा स्न्याचतर्फ ७६ किलो र क्लिन एण्ड जर्कमा १०२ गरी कूलमा १७८ किलो भार बहन गरे । सो समूहमा बाँकेका तुषार बुढामगरले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ९० किलो गरी कूलमा १५७ किलो भार बहन गरेर रजत पदक प्राप्त गरे। पर्साका नीरजकुमार गुप्ताले स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा ८० गरी कूलमा १५० किलो उचालेर तृतीय भए । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिला र ७३ पुरुष गरी १२० खेलाडी सहभागी छन् ।

यसअघि गएराति नेपाल पुलिस क्लबकी तारादेवी पुन र कञ्चनपुरका सुवास उपाध्याय राजविराजमा भएको देवसुन्दर यादव प्रथम स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारा महिला र सुवास पुरुषतर्फ सो विधामा चुनिनु भएको हो । दुवैले कपसहित पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता पुनले स्न्याचमा ६७ं किलो र क्लिन एण्ड जर्कमा ९० किलो तौल उचाले । सिनियर महिलातर्फ ८७ किलोग्राम तौल समूहमा कूल १५७ किलो तौल उचालेर प्रथम भएकी पुन प्रतियोगिताको स्ट्रोड्ग वुमेनसमेत घोषित भएकी हुन्। कञ्चनपुरका सुवास उपाध्यायले स्न्याचमा ११४ं किलो र क्लिन एण्ड जर्कमा १३५ किलो गरी कूल २४९ किलो तौल उचाले । पुरुषको सिनियरतर्फ १०९ किलो तौल समूहमा स्वर्ण पदक जितेका सुवास पुरुषतर्फ स्ट्रोड्ग म्यान घोषित भए।

सो तौल समूहमा बारामा आसिफ हुसेनले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १२० गरी कूल २२७ किलो तौल उचालेर रजत पदक प्राप्त गर्नुभयो । बर्दियाका रोशन विसीले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०५ गरी कूल १७५ किलो तौल उचालेर कास्य पदक प्राप्त गरे ।

पुरुषको १०२ किलो तौलसमूहमा नेपाल प्रहरीका सागर भण्डारीले कूल २२२ किलो उचालेर प्रथम भए । सशस्त्र प्रहरीका रणबहादुर नगरकोटीले कूल २१६ किलो उचालेर द्वितीय तथा नेपाली सेनाका विकास खड्काले कूल २०५ किलो उचालेर तृतीय भए । पुरुषको सिनियरतर्फ १०९ किलो भन्दामाथिको समूहमा नेपाल प्रहरीकै राजेश महर्जनले स्वर्ण प्राप्त गरे । उन स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा ११५ गरी कूल २२२ किलो तौल उचाले । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिलासहित १२० खेलाडी सहभागी छन् ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार