श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेविसंघले मागे प्रधानमन्त्रीको राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।

गत शुक्रबारको प्रदर्शनमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरूको आक्रोश ओली नेतृत्वको सरकारप्रति बढी देखिन्थ्यो ।

जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन् । जसको यतिबेला तीव्र विरोध भइरहेको छ । राजनीतिक तहमा नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ भने सत्तारूढदेखि प्रतिपक्षी विद्यार्थी संगठनलगायतले केही दिनदेखि भारत सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार